खोजवाणी संवाददाता
जनकपुर, असोज १७

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव काम विशेषले प्रदेश बाहिर गएपछि भौतिक पुर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकिएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव काम विशेषले प्रदेश बाहिरबाट फर्केर नआउञ्जेलसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृष्णप्रसाद यादवलाई तोकिएका हुन् ।

मधेश प्रदेश सरकारको कार्यसम्पदान नियमावली, २०८० को नियम १४ को उपनियम ३ बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।