खोजवाणी संवाददाता
रौतहट, असोज १७

रौतहटको फतुवा विजयपुर नगरपालिकाका पुर्व नगरप्रमुख गोपाल राय यादव भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

उनलाई विषेश अदालतले मंगलबार प्रतिवादी बनाएका छन् भने २० जनाको हकमा सजाय निर्धारण हुन बाँकी रहेको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर उपप्रमख, ५ वडाध्यक्ष र अन्य जनप्रतिनिधिहरुलाई पनि प्रतिवादी बनाएको थियो । जसमध्ये १८ जना जनप्रतिनिधि र ३ जना तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत छन् ।

जिल्लाको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका स्थित लाल बकैया नदीको ठेक्का फतुवा विजयपुरले गैरकानूनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पु¥याएका आरोपसमेत लागेको थियो ।

लालबकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समिति रौतहटको रोहबरको बैठक बसेर दुबै नगरपालिकाले संयुक्त रुपमा ढुङ्गा गिट्टी र बालुवाको ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय गरेको थियो ।

उनीहरुले २०७५ पुस १५ मा लालबकैया नदीको ठेक्का सम्बन्धी भएको निर्णय कार्यान्वयन नगराएको र बोलपत्रदाताको धरौटी जफत गर्नुपर्ने थियो । तर राजस्व संकलन कार्य मात्र गरेको अख्तियारले जनाएको छ ।

एक करोड ५३ लाख ५० हजार एक सय ९९ रुपैयाँ बिगो दावी गरिएको छ । यस मुद्दामा श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले नगरप्रमुखलाई मात्रै दोषी ठहर गर्ने फैसला सुनाएको छ ।