खोजवाणी संवाददाता
जलेश्वर, असोज १८
महोत्तरीको एक जनप्रतिनिधिको रवैयाप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेको पोस्ट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारलाई कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेको आरोपमा जनमत पार्टीका नेता बद्रीनाथ झालाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।
मुलुकी टाइम्स मासिकका जनकपुरधाम प्रतिनिधिसमेत रहेका नेता झाले जलेश्वर नगरपालिकाको दुर्दशा प्रति आफ्नो आक्रोश पोख्दै भावनात्मक पोस्ट सामाजिक सञ्जालको फेसबुकमा गरेका थिए ।
उनले जलेश्वर नगरपालिकाका पुर्व नगरप्रमुख शंकर शाहीले पाँच वर्ष जलेश्वर लुटे अब उनको मित्र अर्थात वर्तमान नगर प्रमुख सुरेश साह सोनारको बारेमा व्यंग्यात्मक टिप्पणी गर्दै लेखेको आरोपमा महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
मधेश आन्दोलनकारीसमेत रहेका झालाई जलेश्वर नगरपालिकाका नगरप्रमुख सोनारले महोत्तरी प्रहरीलाई पक्राउ गर्न भनेपछि पक्राउ गरिएको जनाइएको छ ।
वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै उनको पक्राउको चौतर्फी निन्दा भइरहेको छ भने महोत्तरी प्रहरीलाई पनि सबै तर्फबाट तत्काल रिहा गर्नका लागि दवाव बढ्दै गएको छ ।