खोजवाणी संवाददाता
बारा, असोज १८

जनमत पार्टीबाट उपनिर्वाचनमा प्रत्यासी उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बारा–२ मा भएको उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेर कुशवाहा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध लडेका एमालेमा प्रवेश गरेका हुन् ।

गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर उनी जनमत पार्टीमा प्रवेश गरी बारा– २ मा उम्मेदवारी थिए ।

उनी उपनिर्वाचनमा पराजय भएपछि जनमतका अध्यक्ष सिके राउतलाई तथानाम आलोचना गर्दै हिडेका थिए ।

बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा नेता कुशवाहा एमालेमा प्रवेश गरे ।

२०६४ सालमा बारा– २ बाट माओवादीबाट कुशवाहा संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

एमालेमा प्रवेश गर्दै नेता कुशवाहाले आफू बारामा एमालेकै राजनीति गरेर आएकाले पूरानै घर फर्किदा सहज भएको बताउँदै उनले मधेशमा एमालेलाई पहिलो शक्तिबाट बहुमतमा लैजान पहल गर्ने बताए ।

No photo description available.