खोजवाणी संवाददाता
जनकपुर, असोज १९
धनुषाको बटेश्वरमा ट्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुने जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित शान्तिपुर बस्ने वर्ष ४० की रेखा देवी महतो छिन् । घाइते हुनेमा स्थानीय गंगाराम महरा रहेका छन् ।
महतो बिहीबार साँझ ज १० प २५५ नम्बरको अपाचे मोटरसाइकलमा चढेर माइत जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–००२–०१ प ६३६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । सोही क्रममा पछाडिबाट फलाम बोकेर जाँदै गरेको ज १ त ५३ ५८ नम्बरको ट्रयाक्टरले महिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जनाएका छन् ।
गम्भीर घाइते भएकी रेखालाई उपचारका लागि जनकपुरधाम स्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल चालक बटेश्वर गाउँपालिका वडा नम्बर ३ का घाइते भएका गंगाराम महराको उपचार जनकपुरधाम स्थित अस्पतालमा भइरहेको जनाइएको छ ।
ट्रयाक्टरसहित तीनवटै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रयाक्टर चालक मिथिला नगरपालिका वडा नम्बर २ स्थित नक्टाझिजका प्रमोद ठाकुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।



