खोजवाणी संवाददाता
जनकपुर, असोज १९
जिम्मेवारीविहीन मन्त्री सुरिता कुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामोसमयदेखि जिम्मेवारीविहीन रहेकी विना विभागीय मन्त्री सुरिताकुमारी साहलाई खेलकुद तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
महोत्तरीबाट निर्दलीय प्रदेश सांसदमा निर्वाचित भएकी नेतृ साह सर्र्तसहित जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेलगत्तै उनलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको थियो ।
तर केही महिना नवित्दै उनलाई विनाविभागीय मन्त्री बनाएर मन्त्रीपरिषद्को कार्यालयमा जिम्मेवारीविहीन बनाइएको थियो । उनी मन्त्री बन्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवप्रति निकै असन्तुष्ट रहँदै लविंग गर्दै आएकी थिइन् ।
विना विभागीय मन्त्री साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय स्थापना गरिएको छ ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर खेलकुद तथा समा कल्याण मन्त्रालयको जिम्मेवारी पनि हेरफेर गरिएको छ । जनमत पार्टीबाट मन्त्री रहेका महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
तर मन्त्री यादव मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएको प्रति आपत्ति जनाएका छन् ।
यो लगाएर मधेश प्रदेशमा १३ वटा मन्त्रालय भएको छ ।
