खोजवाणी संवाददाता
जनकपुर, असोज २३

आज मधेश प्रदेश सभाको दोस्रो अधिवेशन बैठक बोलाइएको छ ।

लामोसमयसम्म प्रदेशसभा बैठक आह्वानका लागि मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रमुख विपक्षी नेकपा एमालेलगायतका सत्ताधारी दलहरुलेसमेत दवाव दिएपछि बल्ल आज प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज प्रदेश सभाको दोस्रो अधिवेशनको आह्वान गरे अनुसार मंगलबार बैठक बस्ने भएको छ ।

यसअघि मधेश प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन ३१ असारमा सकिएको थियो ।

मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारले अहिलेसम्म विभिन्न पाँच वटा विधेयक प्रदेश सभामा लगेको छ ।