खोजवाणी संवादाता
जनकपुर, असोज २८
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विजया दशमीको अवसरमा देश, मधेशवासी एवं देशबाहिर रहेका मातृभक्त सनातन धर्मावलम्बीहरुमा शुभकामना दिएका छन् ।
आज विहान एक विज्ञप्ति जारी मुख्यमन्त्री यादवले हाम्रा समाजका साझा समस्या, साझा चुनौती रहेकाले राजनीतिक दल, नागरिक समाज, नारी, युवा तथा संचारजगतसँग प्रदेशको समृद्धिका लागि साझा संकल्पका साथ हातेमालोका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री यादवले एक विज्ञप्ति जारी भनेका छन्, ‘हाम्रा समस्याहरु साझा छन्, हाम्रा चुनौतीहरु साझा छन्, हाम्रो एकमात्र लक्ष्य जनताको मुहारमा उज्यालो ल्याउनु हो । तसर्थ यस पावन अवसरमा सबै दल, पक्ष–प्रीतपक्ष, नागरिक समाज, नारी शक्ति, संचार जगत, विद्वतवर्ग, युवाजनसँग प्रदेशको समृद्धिका लागि साझा संकल्पका साथ हातेमालो गरी अघि बढ्नका लागि आह्वान गर्दछु ।’
असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यस पर्वमा पारिवारिक सम्मिलन र सम्बन्ध–सेतुको समेत पर्व रहेको भन्दै मुख्यमन्त्री यादवले समाजमा चुनौतीहरु रहेपनि आपसी सौहार्दमा आँच नपआउने किसिमले विजया दशमी पर्व मनाउन अपिल गरेका छन् ।

