खोजवाणी संवाददाता
जनकपुर, असोज २८

जनकपुरधामलाई हरित नगरीको रुपमा विकास गर्नका लागि बडादसैँको अवसरमा निजी विद्यालयले जनकपुरधाममा वृक्षारोपण गरेको छ ।

आइतबार एनप्याब्सन जनकपुरधाम नगर कमिटीले जनकपुरधाम स्थित विभिन्न निजी विद्यालयमा वातावरणलाई ध्यानमा राख्दै निमको वृक्षारोपण गरेको हो ।

जनकपुरधाम नगरीलाई स्वच्छ तथा सुन्दर वातावरण बनाउन तथा शुद्ध अक्सिनका लागि समेत लागि निजी विद्यालयमा निमको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको एनप्याबसन जनकपुरधामका नगर अध्यक्ष दिपक ठाकुरले जानकारी दिए ।

No description available.

हरित जनकपुरधाम निर्माणका लागि वृक्षारोपणका लागि चलाइएको अभियान अन्तर्गत जनकपुरधाम नगरका हरेक निजी विद्यालयमा निमको वृक्ष वृक्षारोपण गरिएको नगरका अध्यक्ष ठाकुरले बताए ।

उनले जनकपुरधामको स्वच्छ तथा शुद्ध वातावरणमैत्रीको रुपमा रहेको निमको वृक्ष वातावरण सन्तुलनमा सहयोग पुर्याउने भएकोले हरेक विद्यालयमा वृक्षारोपण गरिएको बताए ।

अध्यक्ष ठाकुरले निमको वृक्षले अक्सिजनसमेत शुद्ध महत्वपूर्ण भुमिका खेल्ने गरेकोले वृक्षारोपणको संरक्षण गर्नु पर्ने बताए ।