खोजवाणी संवाददाता
कलैया, असोज २९

जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको चरित्रहत्या हुने गरी जथाभावी सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दै साइवर अपराधमा मुद्दा दिएका छन् ।

जीतपुर सिमरा उपमहानगरका पूर्व नगरप्रमुख डा.कृष्ण पौडेलको निधनलाई जोडेर निजगढ नगरपालिका वडा नम्बर ८ बस्ने इन्दिप कोइरालाले पौडेलको निधन हुनुको कारण वर्तमान नगरप्रमुख राजन पौडेल र माओवादी केन्द्र यसको जिम्मेवार रहेको भनि किटान गरी सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखेका छन् ।

No description available.

सो स्टाट्स लेख्ने कोइरालासहित शेयर गर्ने करिब आधा दर्जन व्यक्ति माथि विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् । नगरप्रमुख पौडेलले दिएको जाहेरीमा ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ । जीतपुर सिमराका पूर्व नगरप्रमुख पौडेल बिहीबार साँझ घरमा निधन भएको थियो । पोस्टमार्टम रिपोर्टमा पौडेलको मृत्यु उच्च रक्तचापका कारण भएको प्रादेशिक अस्पताल कलैयाले जनाएको छ ।

नगरप्रमुख राजन पौडेलले पूर्व नगरप्रमुख स्व.पौडेल र उनको परिवारसँग आफ्नो सम्बन्ध अत्यन्तै सौहार्दपूर्ण र सम्मानजनक भएको जनाएका छन् ।

नेकपा माओवादी केन्द्र बाराका इन्चार्ज प्रल्हाद बुढाथोकीले पनि एक विज्ञप्ति जारी गर्दै कोइरालाको आपत्तिजनक कार्यशैलीको घोर भत्र्सना गरेको छन् ।

बारा इन्चार्ज बुढाथोकीले स्ट्याटसमा नेतालाई दलाल र पत्रकारलाई चोर भनी उल्लेख गर्नुले कोइरालाको धरातल र उनको चरित्र एवं नैतिकतामाथि प्रश्न खडा गरे ।

कोइराला विगतमा एभिन्युज टेलिभिजनका काम गर्थे । उनले कोइरालाको कार्यशैलीलाई लिएर पत्रकार महासंघ बाराको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्ने जनाएको छ ।

No description available.

नगरप्रमुख पौडेलले दिएको साइबर अपराधको उजुरीमा जिल्ला प्रहरी कार्यालय बाराले कोइरालाको खोजीमा लागेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले नगरप्रमुख पौडेलले दिएको उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएका छन् ।