खोजवाणी संवाददाता
जनकपुर, असोज २९
शनिबार बिहानै प्यालेस्टाइनको हमास समुहले इजरायलमा रकेट बम हानेर तहसनहस पारेको छ । भने १० जना नेपालीसहित सयौँको ज्यान गएको छ ।
त्यहाँ कृषिको अध्ययन तथा रोजगारी र घरेलु कामदारका रुपमा नेपालबाट करिब ५ हजार विद्यार्थी तथा श्रमिक इजरायल पुगेका छन् ।
प्यालेस्टाइनको गाजा क्षेत्रबाट बम आक्रमण भएपछि इजरायलमा छोराछोरी तथा आफन्त भएकाहरू लागि नराम्रो संकेत गरेको थियो ।
’हमास’को आक्रमणबाट मृत्यु भएका ५ जना नेपाली विद्यार्थीको शव इजरायलले नेपाललाई जिम्मा लगाएको छ ।
दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टर अन्तर्गत किबुज रहेका १७ विद्यार्थी हमासको आक्रमणमा परी १० को ज्यान गयो थियो । आक्रमणमा मृत्यु भएका मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव तेल अभिभ स्थित नेपाली दुतावासलाई प्राप्त भएको जनाएको छ ।
अन्य ५ जना नेपाली विद्यार्थीको शव अझैपनि आएको छैन । दुतावासले जनाएअनुसार सबैजनाको शव प्राप्त भएपछि नेपाल पठाउने तयारी थालिएको छ ।
आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका एकजना नेपाल आइपुगेका छन् भने एकजना दुतावासको हेरचाहमा छन् भने दुईजना अस्पतालमा उपचाररत्त रहेका छन् ।
हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझैसम्म अज्ञात नै रहेको दुतावासले जनाएको छ ।
इजरायलमा हमासको आक्रमणका कारण उजाडिएको १० नेपाली परिवारहरु आ–आफ्ना सन्तानको शवको व्यग्र प्रतिक्षामा रहेका छन् ।
