खोजवाणी संवाददाता
गौशाला, कार्तिक १

महोत्तरीमा रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गर्न सफल भएकोमा निकै हौँसिएका छन् ।

महोत्तरीको गौशाला स्थित एक बैंकबाट मोटो रकम झिकेर घर तर्फ गईरहेको वयोवृद्ध जोडीलाई झुक्याएर रकम लुटेर फरार भएको भन्ने जानकारी प्राप्त भएपछि गौशाला प्रहरीका लागि शान्ति र सुरक्षाका लागि निकै चुनौती थियो ।

जिल्लाको गौशालामा ६ लाख ३६ हजार रकम लुटेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय रमेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

गौशालामा गत असोज ७ गते आइताबार दिउँसो गौशाला नगरपालिका वडा नम्बर ११ स्थित भरतपुर निवासी करिब ६५ वर्षीय शम्भु महतो र उनकी श्रीमती सुरजकला देवी महतो एनआइसी एसिया बैंकबाट ६ लाख ३६ हजार रुपैयाँ झोलामा राखेर घर जाँदै गर्दा गौशाला बजारमै रमेश सहनीले चलाखीपुर्वक लुटेका थिए ।

ओखलढुंगामा रोजगारीमा रहेका उनका आफन्तले कामका लागि ६ लाख रुपैयाँ भन्दा बढी रकम पठाएका थिए । सोही रकम लिनका लागि एनआइसी एसिया बैंकबाट निकालेर घरतिर जाने क्रममा विद्यालय नजिक वृद्धा सुरजकला देवीको हातमा रहेको झोलासहितको रकम खोसेर रमेश भागेका थिए ।

यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले आरोपित सहनीलाई पक्राउ गरेकोमा खुसी भएको प्रतिक्रिया दिए । उनकै कमाण्डमा खटेको टोलीले सर्लाहीको हरिपुर्वाबाट आरोपि रमेशलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रमेशलाई इलाका प्रहरी कार्यालय गौशालामा ल्याई थप अनुसन्धान भइरहेको उनले बताए ।

लुटेको आरोपमा पक्राउ परेका रमेश सहनीलाई पक्राउ गर्नका लािग अहोरात्र काम गरेपछि उनलाई समात्न सफल भएकोले खुसी व्यक्त गरे ।

उनले एक वृद्ध दम्पतीको रकम दिउँसै बजारबाट लुटिनु दुःखद घटना रहेको समेत बताए ।