खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २

एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेलिरहेको छ ।

मलेसियामा भइरहेको खेल एसीसी यू–१९ प्रिमियर कपमा युएसडी–युकेएम ओभलमा नेपालले साउदीविरुद्ध पहिलो ब्याटिङ गर्दैछ । साउदीले टस जितेर फिल्डिङ रोजेको थियो ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ । यी दुवै समुहका लागि यो खेल निकै महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि नै इरान र बहराइनलाई हराउँदै दुई\दुई खेल जितेका छन् । भने समान ४ अंक भएपनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ ।
यस खेलको विजेता सेमिफाइनल पुग्नेछ ।

अहिले भइरहेको यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनलमा पुग्ने छ ।

समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल खेल्ने छ ।
समूह डी को अन्तिम दुई खेल भने शुक्रबार हुनेछ । यस खेलमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुने जनाइएको छ ।

नेपालले यू–१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू–१९ एसिया कपमा छनोटका लागि चुनौतीको सामना गरिहेको छ ।