खोजवाणी संवाददाता
काठमाण्डौ, कार्तिक २

त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई हराउँदै जित्न निकाल्न सफल भएको छ ।

नेपालले हङकङलाई ६ विकेटको अन्तरालमा जित्न सफल भएको हो । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउनु परेको थियो ।

नेपालका लागि आसिफ शेखले सबैभन्दा बढी ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडेको थियो ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेका हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदौ सबै विकेट गुमाएको थियो ।

हङकङले १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाउनु परेको थियो । भने हङकङका लागि मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडेका थिए भने जिसन अलीले १७ रन जोडे ।

यता करण केसीले एक्लै ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एक÷एक विकेट लिन सफल भएका थिए ।