खोजवाणी संवाददाता
काठमाण्डौ, कार्तिक २
एसीसी यू–१९ प्रिमियर कपमा नेपालल साउदी अरबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियामा जारी रहेको समूह चरणमा तीनवटै खेलमा जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।
आज भएको साउदीअरबविरुद्धको खेलमा नेपालले टस हार्दै ब्याटिङ गरेको थियो भने साउदी अरबले बलिङ रोजेको थियो । ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेलेका थिए भने बलिङमा दीपेश कँडेलले अर्को पटक पनि ५ विकेटको सफलता पाए । एकपक्षीय खेलमा कुनै पनि क्षण साउदीअरबले नेपाललाई चुनौति भने दिन सकेनन् ।
नेपालले ८ विकेटको क्षतिमा ३४७ रनको विशाल स्कोर खडा गरेको थियो । भने जवाफमा साउदी अरब ४६ बलमै अलआउट भयो ।