खोजवाणी संवाददाता
जनकपुर, कार्तिक ४
दाइजोको निहुमा हत्या गरिेएकी धनुषाकी आरती साहका पीडित परिवारलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भेटेका छन् ।
पुर्वप्रधानमन्त्री तथा अध्यक्ष डा. भट्टराईले पीडित परिवारसँग भेटघाटका क्रममा राज्यले तत्काल पीडितलाई चित्तबुझ्दो अनुसार न्याय दिई चाडवाडको मुखमा घर फर्किने वातावरण बनाउनसमेत माग गरेका हुन् ।
आरती साहका परिवारले न्याय माग्दै विगत १२८ दिनदेखि काठमाण्डौ स्थित माइतिघर मण्डलामा धर्नारत्त उनका आमा,बाबु,दाज्यू र बहिनीसंग भेटघाट गरी पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले राज्यले तत्काल पीडितको चित्तबुझ्दो ढंगले न्यायका लागि सम्बोधन गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल अन्तर्गत फेसबुकमा स्टेस्ट लेख्दै भनेका छन्, ‘राज्यले छिटो वहाककहरूको माग चित्तबुझ्दो ढंगले सम्बोधन गरेर वहाककहरूलाई चाडवाडको मुखमा घर फर्कने वातावरण बनाओस् !’

No description available.