खोजवाणी संवाददाता
राजविराज, कार्तिक ८
सप्तरीको महदेवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको आयोजनामा एक कार्यक्रम विच बुधवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
महदेवा गाउँपालिकाको अध्यक्षको प्रत्यासी दिपेन्द्र माझीको अध्यक्षता तथा नेपाल कम्यूनिष्ट पार्टी(माओवाद्र केन्द्र)को केन्द्रिय सदस्य अशोक कुमार मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
आयोजित कार्यक्रममा केन्द्रिय सदस्य मण्डलले माओवादी जनयुद्धको कारण देशमा ठूलो परिवर्तन आएको भन्दै सबै किसिमको भेदभावको अन्त्य माओवादीले नै गरेको बताए । उनले अहिले पनि गरिब र पीडितहरुको समस्या समाधान तर्फ वर्तमान सरकार लागि परेको बताएका थिए ।
त्यस्तै माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा प्रर्व सांसद सूर्यनाथ यादव सुभाषले नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाएर विदेश पठाउनेलाई सरकारले कारवाही गरेको बताए । यस आयोजित कार्यक्रममा अर्का केन्द्रिय सदस्य रुवी कर्णले समान्ती राज्यको अन्त्य माओवादी सरकारले गरेको बताउदै उनले कुनै पनि पार्टीले गर्न नसकेको काम माओवादीले शिक्षा लगायतको क्षेत्रमा दलित कोटा छुटयाएको बताउनुभयो ।
प्रेस सन्टर नेपालको केन्द्रिय प्रचार प्रसार विभागको सदस्य देवराम यादवले महदेवा गाउँपालिकामा भ्रष्टाचार बढ्दै गएकोले खवारदारी गर्नु जरुरी रहेको बताए । कार्यक्रममा युवा पत्रकार विन्दु कुमार यादवले कुनै पनि निकायमा भ्रष्टाचार गर्नु कानुनी अपराध रहेकोले यस्ता अपराध गर्नेहरुलाई कार्वाही गर्नुपर्नेमा जोड दिएका थिए ।
माओवादी केन्द्र महदेवा गाउँपालिकाद्वारा आयोजित दशमी,शुभ दिपावली एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुश्लिम मुक्ति मोर्चा सप्तरीको अध्यक्ष मो डोमन, ध्रुव कुमार मण्डल,भुपेन्द्र यादव,गजेन्द्र साह ,राम नारायण सरदार लगायतकाहरुले आ आफना विचार व्यक्त गरेका थिए ।
