खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १०

नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनबाट निर्वाचित सदस्यहरूलाई वीरगंजमा शपथ खुवाउने भएको छ ।

जनकपुरधाममा सम्पन्न भएको एमालेको मधेश प्रदेश अधिवेशनमा सर्वसम्मतरुपमा निर्वाचित भएका अध्यक्षसहित पदाधिकारीहरुले शपथ ग्रहण गरेपनि अध्यक्ष केपी शर्मा ओलीले प्रदेश कमिटीका सदस्यहरुलाई शपथ ग्रहण गराउने निर्णय गरेको थियो ।

अध्यक्ष ओलीले यही कार्तिक १८ गते वीरगंजमा सदस्यहरुलाई शपथ ग्रहण गराउने एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।

प्रदेश कमिटीका सदस्यहरुलाई शपथ ग्रहण गराउने जिम्म तथा व्यववस्थापन एमाले पर्सा जिल्ला कमिटीले गर्ने छन् ।

असोज २४ देखि २७ गते सम्म चलेको मधेश प्रदेश प्रथम अधिवेशनले पाँच जना पदाधिकारी सहित २३५ सदसीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यलाई शपथ गराइने छ भने केन्द्रीय सदस्यहरू र केन्द्रीय निकायका सदस्यहरूलाई आमन्त्रण गरिएको उनले बताए ।