खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १०
कराते प्रशिक्षक तथा रेफ्रीहरुको भेलाबाट ९ सदस्यीय धनुषा जिल्ला रेफ्री कमिशन गठन गरिएको छ ।
नेपाल कराते महासंघ धनुषाका अध्यक्ष विरेन्द्र कर्णको अगुवाईमा वरिष्ठ प्रशिक्षक रामबाबु साहको संयोजकत्वमा ९ सदस्यीय धनुषा जिल्ला रेफ्री कमिशन गठन गरिएको हो ।
यस कमिशनको सह–संयोजकमा अखिल मढी, सचिवमा सुभाष कुमार शर्मा, सह–सचिवमा राजुकान्त कापड रहेका छन् । भने सदस्यहरुमा निश्चल सिंह, मनोज दुनवार, बाल्मिकी भगत, दिपेन्द्र कुमार कर्ण र पृथ्वीमान लामा रहेको अध्यक्ष कर्णले जनाएका छन् ।