खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १२

मोवाइलकै कारण जनकपुरधाममा एक युवकको साथीहरुले नै हत्या गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित सोनापारा बस्ने २४ वर्षिय रुपेश महराको हत्या उनका साथी पवन सहनी र हरिचन मण्डलले गरेको धनुषा प्रहरीले जनाएको हो ।

उनीहरु लागुऔषध सेवन गरी मोवाइलको विषयमा कुराकानी गरिरहदाँ तीनैजना बीचमा विवाद भएको थियो । सोही विवादले उग्ररुप लिएपछि रुपेश महराको हत्या दई जना साथीले मिलेर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रुपेशको हत्या जनकपुरधाम सोनापाडा बस्ने २० वर्षिय पवन सहनी र हरिचन मण्डलले गरेको धनुषा प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।

गत बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा रहेको धान खेतमा रुपेशको शव धनुषा प्रहरीलाई फेला परेको थियो ।

धनुषा प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले जनाए अुनसार तीनैजना लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा समान्य विवाद भएको र सोही कारण पवन र हरिचनले रुपेशको टाउकोमा बाँसको भाटा प्रहार गरी हत्या गरी धान खेतमा शव फालेको थियो ।
प्रहरी उपरीक्षक खड्काले बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

उनीहरु बुधबार टेम्पो चढेर जटही हुँदै भारतपारी बजारमा गएर लागुऔषध नाईट्राभेट ट्यावलेट खरिद गरी मिरिन्डा पे–पदार्थमा मिसाई सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रहरी उपरीक्षक खड्काले लागूऔषधसेवन गरी सोही रात करिब साढे ९ बजे तर्फ पुनः जनकपुरधाम आएर जनकपुरधाम उप–महानगर वडा नम्बर २३ स्थित बाटोमा मोवाईल सेटलाई लिएर विवाद हुँदा हरिचनले बाँसको गोलो भाटाले मृतक रुपेशको टाउकोलगायत पिठ्युमा समेत प्रहार गरी फालेको थियो ।

पवन सहनीले निज हरिचन मण्डललाई कुटपीट गर्नका लागि सघाएको उनको भनाइ छ ।

यता पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।