खोजवाणी संवाददाता
कलैया, कार्तिक १३

बारामा एक निजी विद्यालयका प्रिन्सिपलमाथि अज्ञात समुहले चलाएको गोली प्रहारबाट मृत्यू भएको छ ।

जिल्लाको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहारबाट उनी घाइते भएका थिए । उनको उपचार कलैया स्थित प्रादेशिक अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि वीरगंज स्थित वयोधा अस्पतालमा लगिएको थियो । तर अस्पतालले भने मृत्यू भएको जनाएको छ । यसको पुष्टि बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले समेत गरे । उनले प्रिन्सिपल सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको बताए ।

सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेको थियो ।

कलैया उपमहानगरपालिकाको व्यस्त बजारमै उनलाई मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली प्रहार गरेको थियो ।