खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १३

झारफुक गर्ने नाममा तान्त्रिकले ललाईफकाई एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित अमरखाना टोल बस्ने ३२ वर्षिय विष्णुदेव ठाकुर बरही रहेका छन् ।

आरोपित ठाकुुरले तन्त्रमन्त्र झारफुकको गर्ने नाममा ललाई फकाई झुक्याएर एक महिलालाई मध्यरातमा समसानघाटमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

आरोपित ठाकुरले धनुषाको औरही गाउपालिका वडा नम्बर १ स्थित जमुनि खोला छेउमा रहेको समसानघाटमा जबरजस्ती करणी गरी फरार थिए ।

लुकिछिपि रहेको अवस्थामा रहेका आरोपित ठाकुरलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनले आरोपित ठाकुरलाई ०८० कार्तिक ११ गते नै पक्राउ गरी जबरजस्ती करणीको मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको बताए ।