खोजवाणी संवाददाता
बारा, कार्तिक १५

बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले पाँच जनालाई सार्वजनिक गरेको छ ।

बुधबार कलैया स्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्वर्णकरको हत्याको मुख्य योजनाकार तथा सूचना आदानप्रदान गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोल बस्ने २२ वर्षिया राधा गुप्ता, सोही स्थानका ३४ वर्षिय जमिल अख्तर र वडा नम्बर ९ रामपुर बस्ने २६ वर्षिय रियाज अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

त्यस्तै उनको हत्यामा संलग्न रहेका सुटर भारत बिहारको मोतीहारी बस्ने २३ वर्षिय चन्दन कुमार र सोही स्थानका २३ वर्षिय अभिनव कुमार राजपूतलाई पनि सार्वजनिक गरिएको छ ।

अहिलेसम्मको अनुसन्धानमा विवाहेत्तर प्रेम सम्बन्धका कारण हत्या भएको देखिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

उनले पक्राउ परेकी राधा गुप्ता विगत तीन वर्षदेखि भारत बस्ने विवाहित मनोज गुप्तासँग प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र रुपेश स्वर्णकारबीच विवाद हुँदै आएको थियो ।