खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १६

मधेश प्रदेशकै चर्चित निजी विद्यालय मध्येका मोनाष्टिक आवासीय विद्यालयमा एसक्युसीमा आठौँ हब सम्मेलन सम्पन्न भएको छ ।

विद्यार्थीको व्यक्तिगत विकास तथा गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै मोनाष्टिक स्कूलमा आठौँ हब कन्भेन्सन गरिएको हो ।

धनुषा र महोत्तरीका १३ वटा विद्यालयका २५० जना विद्यार्थीहरु यस कन्भेन्सनमा सहभागी रहेका थिए ।

यस कार्यक्रममा विद्यार्थीहरुले केस स्टडि प्रस्तुतिकरण, घटनाक्रम केस स्टडी प्रस्तुति, कहानी निर्माण, सहयोगात्मक कोलाज तथा प्यानल डिस्कसन लगायतका शैक्षिक विधाहरुमा आफ्नो प्रस्तुतिमार्फत उनीहरुसँग भएका प्रतिभा आदानप्रदान गरेका छन् ।

क्वेस्ट नेपालका महासचिव सिंह बहादुर लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोडर्न स्कुल, जेनिथ नेशनल एकेडमी, ज्ञान मन्दिर स्कुल लगायत १३ वटा विद्यालयका कुल २५० जना छात्रछात्राहरु सहभगी रहेको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका सञ्चालक सोनु साहले जानकारी दिए ।