खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १८

हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमीको अवसरमा जनकपुरधाम स्थित राम मन्दिर तथा राजदेवी मन्दिरमा भएको आम्दानी एवं खर्च विवरण महाविर युवा कमिटीले सार्वजनिक गरेको छ ।

शनिबार जनकपुरधाममा महाविर युवा कमिटीले शुभ दिपावली तथा छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रममा बेग्लाबेग्लै दुई वटा आम्दानी तथा खर्च भएको विवरण सार्वजनिक गरेको हो ।

महाविर युवा कमिटीले विजयादशमीको आम्दानी तथा खर्च र महाअष्टमीको अवसरमा भएको महाअष्टमीको दिन भएको बोकाबली प्रदानकोसमेत आम्दानी तथा खर्च विवरण गरेको हो ।

सो आम्दानी तथा खर्च विवरण अनुसार लाखौ रुपैयाँ महाविर युवा कमिटी र राम युवा कमिटीले बाँडफाँड समेत जनाएको छ ।
विजयादशमीको अवसरमा ३९ लाख ४ हजार ५९४ रुपैयाँ खर्च भएको छ भने २९ लाख ८१८ रुपैयाँ ५० पैसा आम्दानी भएको कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जनाएको छ ।

कमिटीलाई पेश्कि वापत दिएको रकमसमेत तिर्नुपर्ने अध्यक्ष गुप्ताले बताए । उनले बलराम ज्वेलर्सले २ लाख २० हजार, अध्यक्ष गुप्ताले ३ लाख र कमिटीका कोषाध्यक्षले १ लाख ७६ हजार ४१२ रुपैयाँ ५० पैसा खर्च गर्नका लागि उपलब्ध गराएका थिए । जुन रकम कमिटीले तिनुपर्ने बताए ।

महाअष्टमी कालरात्री बोकावलीको आय व्यय विवरण समेत सार्वजनिक गरेका छन् ।

उनले बोकावली रसिद र विभिन्न संघसंस्थाले ८९ वटा बोका गरी कुल १५ हजार २५१ वटा बोका प्रति २०० को दरले गरी कुल ३० लाख ३२ हजार ४०० रुपैयाँ आम्दानी भएको बताए भने बोकावली रसिद छपाई, ठेहा, विजुली विल, बोका काटेको, साध चढाएको, रसिद कटाई कर्मचारी, महन्थ राम गिरी बाबाले पुजापाठ, लेखापाल महाविर युवा कमिटी र राम युवा कमिटीले बाँडफाँड गरेको रकम र मन्दिरको जिर्णेद्वार कोषमा कुल आम्दानीको १० प्रतिशत रकम गरी ३० लाख ३२ हजार ४०० रुपैयाँ खर्च भएको बताए ।

महाष्टमीको दिन भएको बोकाबली प्रदानबाट प्राप्त भएको आम्दानी मध्येको १० प्रतिशत रकम अर्थात २ लाख ५१ हजार ८५७ रुपैयाँ राजदेवी मन्दिरको जीर्णोद्वारका लागि जिर्णोद्वार कोषमा रकम जम्मा गरिएको समेत अध्यक्ष गुप्ताले बताए ।

त्यस्तै महाअष्टमीको दिन बोकाबली प्रदानको क्रममा भएको कुल जम्मा आम्दानी भएको रकम मध्ये महाविर युवा कमिटी र राम युवा कमिटीले भागवण्डा गर्दै ११ लाख ३३ हजार ३५६ रुपैयाँ ५० आ–आफ्नो भागमा पारेको उल्लेख गरिएको छ ।

महाअष्टमीको अवसरमा भएको कालरात्रीमा बोकाबली प्रदानको आम्दानी तथा खर्च एवं बडादसैँमा भएको आम्दानी तथा खर्चको सार्वजनिक गरिएको विवरण प्रस्तुत छ :

No description available.No description available.