खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २०

मधेश प्रदेश सरकारले डोकेको सर्वदलीय बैठक सम्पन्न भएको छ । मधेश सरकारको अगुवाईमा भएको यस बैठकबाट प्रदेश प्रहरी समायोजनलगायतका मागहरु पुरा नभए काठमाण्डौमै अनसन बस्नेसम्मको चेतावनी दिएको छ ।

मधेश प्रदेशसभामा उपस्थित रहेका सबै दलका संसदीय नेता तथा मन्त्रीहरुको सहभागितामा भएको सर्वदलीय बैठकबाट प्रहरी समायोजन, निजामति कर्मचारी, गुठी र वनसम्बन्धी कानून निर्माण भएको लामो समय भएपनि हालसम्म कार्यान्वयनमा नआएको भन्दै लगायत विभिन्न मागहरु १५ दिनसम्ममा माग पुरा नभए अनसनमा बस्ने चेतावनी दिएको हो ।

सोमबार जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा बसेको बैठकबाट भएको निर्णयको संक्षिप्तमा जानकारी गराउँद गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले प्रदेश प्रहरी समायोजन, निजामति कर्मचारी, गुठी र वनका लागि बनेको विभिन्न कानूनहरु कार्यान्वयन तथा हस्तान्तरणका लागि प्रधानमन्तत्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको बताए । उनले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विस्तृत मागहरु बरे सार्वजनिक गर्ने कार्यक्रम रहेको बताए ।
मन्त्री समिमले धरापमा रहेका संघीयतालाई जोगाउनका लागि शुक्रबार प्रधानमन्त्री प्रचण्ड समक्ष विभिन्न मागहरु राख्दै ज्ञापनपत्र बुझाउने र १५ दिनभित्रमा हाम्रो माग पुरा नभएमा अनसनमा बस्ने बताए ।

No description available.

हामीले उठाएका मागरु पुरा नहुञ्जेलसम्ममा काठमाडौँमै रहने समेत उनले प्रस्ट पारे ।

उनले भने, ‘संघीयतामा धरापमा छ, संघीय जोगाउनलाई प्रहरी समायोजन जति चाडो हुनुपर्ने हाम्रो माग हो, यसमा सबै दल सहमत छन्, पर्सी अर्थात बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विस्तृतरुपमा जानकारी गराइनेछ । तत्कालका लागि यति मात्र सार्वजनिक गरेका छौँ ।’

मन्त्री समिमले अघि थप्दैँ भने, ‘शुक्रबार काठमाडौँ जान्छौ, प्रधानमन्त्रीलाई प्रेस विज्ञप्ति दिएर प्रहरी समायोजन, निजामति कर्मचारी, गुठी र वनसम्बन्धी बनेका कानूनहरु कार्यान्वयन गर्दै प्रदेशमा हस्तान्तरण गर्नुपर्ने हाम्रा मागहरु रहेका छन्, यी मागहरु तत्काल पुरा गर्नका लागि दुई सातासम्म समय अवधि दिने छौँ र माग पुरा नभएमा हामी अनसनमा बस्छौँ । हाम्रो माग पुरा नहुञ्जेलसम्म हामी काठमाडौँबाट फर्किनेवाला छैनौ ।’