खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २०
धनुषा प्रहरीले अबैध ढंगले नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै ३ वटा ट्याक्टरहरु नियन्त्रणमा लिएको छ ।
सोमबार धनुषको मिथिला नगरपालिका वडा नम्बर २ स्थित औरही खोला र जलाद खोलामा अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ज १ त ३८६९, प्र २–०२–००१ त २०४९ र नम्बर नखुलेको ट्रयाक्टरहरु गरी ३ वटा ट्याक्टरहरु ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको जनाएको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टोलीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्याक्टरहरु ईप्रका महेन्द्रनगरमा राखिएको छ भने थप अनुसन्धान कार्य भई रहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जनाएका छन् ।