खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २०

शुक्रवार राती जाजरकोट र रुकुम पश्चिमलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भुकम्पमा परी ज्यान गुमाएकाहरुलाई स्मरण गर्दै तरुण दल धनुषाले दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज जनकपुरधाम स्थित जनक चोकमा भुकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आयोजित दिप प्रज्वलन कार्यक्रममा तरुण दल धनुषाले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका हुन् ।

तरुण दल धनुषाका अन्जनी झाको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा वक्ताहरुले विनाशकारी भुकम्पमा ज्यान गुमाएहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तत्काल ज्यान गुमाएका परिवारहरुको भरणपोषण तथा स्वास्थ्य उपचारदेखि गास, बास कपाससमेतको व्यवस्था राज्यले बेहोर्नुपर्नेमा जोड दिएको युवा नेता सोनु निधिले जानकारी दिए ।

No description available.

यस श्रद्धाञ्जली सभा कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका बोर्ड सदस्य वक्ता राकेश विक्रम साह, काँग्रेस धनुषाका प्रचारप्रसार विभाग सुजित मिश्रा, युवा नेता सोनु निधि, रामगुन यादव, शैलेन्द्र चोरवार यादव, संजिव कुमार यादव, अजय झा रंजन, बलराम गुप्ता, कराते प्रशिक्षक अखिल माढिकर्मी लगायतकाहरुको रहेका थिए ।

No description available.

No description available.