खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २२

मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायतका विभिन्न मागहरु पुरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज पत्रकार सम्मेलन आयोजनामा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रहरी समायोजन, निजामति कर्मचारी समायोजन, गुठी र वनसम्बन्धी विधेयक र कानून निर्माण भएको लामो समय वित्दापनि कार्यान्वयनमा नआएको भन्दै तत्काल कार्यान्वयन गरी हस्तान्तरण गर्नका लागि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै ३० दिनको अल्टिमेटम दिने तयारी रहेको बताए ।

बिहीबार काठमाडौँ स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मधेश प्रदेशका मन्त्री, प्रदेशसभामा रहेका संसदीय दलका नेतालगायतकाहरुको सहभागितामा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने मुख्यमन्त्री यादवले बताए ।

No description available.

मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासनको अवस्था, प्रदेशको विकास निर्माणको अवस्था, यहाँको जग्गाजमिन तथा जंगलको अवस्था दयनीय रहेकाले ज्ञापनपत्र बुझाएको ३० दिनभित्रमा संघीय सरकारले मागहरु पुरा गर्नुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री यादवले संघीयतालाई जोगाउनका लागि मधेश प्रदेश सरकारले उठाएका मागहरु समयमै सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका हुन् ।

उनले हामीले उठाएका मागहरु पुरा नभएमा प्रदेशदेखि केन्द्रसम्म आन्दोलन गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने क्रममा मेधश प्रदेशका नेकपा प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता सरोजकुमार यादव, सत्तारुढ नेकपा माओवादी केन्द्रका भरतप्रसाद साह, नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता अभिराम शर्मा, जनमत पार्टीका संसदीय दलका नेतासमेत रहेका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवलगायतकाहरुसमेत रहने छ ।