खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २२

आधुनिक प्रविधिको प्रयोगसँगै साईबर अपराध बढ्न थालेपछि नेपाल सरकारले कानून बनाएर नियन्त्रण गर्न थालेपछि यसप्रति प्रहरी गम्भीर भएको देखिन्छ ।

दिनहुँ साईबर अपराध बढिरहँदा यसलाई नियन्त्रणका लागि सरकोरवालसँगै प्रहरीले साईबर अपराधसम्बन्धी जनचेतनामुलक अभियान थालेको छ ।

साईबर अपराध नियन्त्रणका लागि सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्नका लागि नियमनसँगै कारवाही प्रक्रिया थालेपछि विद्यालयहरुमासमेत गएर किशोर तथा किशोरी विद्यार्थीसमेतलाई प्रहरीले जनचेतनामुलक तालिम दिन थालिएको हो ।

कुनै व्यक्तिको चरित्र हत्या गर्नेदेखि फेक फेसबुक एकाउन्ट, टिकटक, इन्स्टाग्रामलगायत विभिन्न माध्यमबाट जथाभावी लेखेर फोटोसहित पोस्ट गर्ने र ठगी धन्धा चलाउने गिरोहलाई पनि कानूनी दायरामा ल्याउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले अभियान चलाएको छ ।

यसै अन्तर्गत जनकपुरधाम उप–महानगरपालिका स्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई सरोकारवालको उपस्थितिमा साईबर अपराधसम्बन्धी जनचेतनामुलक तालिम दिएको हो ।

May be an image of 1 person, studying and flute

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक नवराज खड्काको कमाण्डमा खटेको प्रहरी टोलिले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोनाष्टिक विद्यालयका कक्षा ११ र कक्षा १२ का विद्यार्थी, शिक्षक, शिक्षिकालगायतकालाई साईबर अपराध सम्बन्धी जनचेतनामुलक कक्षा संचालन गरिएको थियो ।