मधेशी आयोगले नैतिकता नाममा भड्काउन खोज्नु गलत मानसिकताको उपज रहेको टिप्पणी

मिथुन साह
जनकपुर, कार्तिक २३

मधेश आन्दोलनताका मधेश अधिकार विरोधी अभिव्यक्ति दिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको साधारण सदस्यता देखाउँदै विजय दत्तले तत्कालीन मधेश आन्दोलनकारीले आफुलाई लखेटेको भन्दै गुहार मागेपछि कृपापात्रस्वरुप पाएको मधेशी आयोगले मधेश प्रदेशमा नैतिकविहीन भएको पुष्टि गरेको छ ।

बिहीबार जनकपुरधाममा नैतिकताको अभाव भएको भन्दै विशेष व्यक्तिहरुको नाममा आसेपासे बोलाएर नैतिक शिक्षाका लागि प्रशिक्षण समेत आवश्यक रहेको भन्दै वक्ताहरुले नैतिकताको पाठ पढाएका थिए ।

वक्ताहरुले पनि मधेशमा मधेशीहरुलाई नैतिक नै नभएकाले नैतिक शिक्षाका लागि जनचेतनामुलक प्रशिक्षण दिइएको मधेशी आयोगले नै जनाएको छ ।

आठ वटा जिल्लालाई समेटेर मधेश प्रदेश घोषणा गरिएपछि मधेशी आयोगको औचित्यतामाथि प्रश्न उठिरहेको बेला पुरानो रिसवीकै साध्नकै लागि मधेशमा नैतिकता नै नभएको भन्दै नैतिक शिक्षा सबैमा जरुरी रहेको औल्याएका छन् ।

अध्यक्ष ओलीकै आशिर्वादका कारण मधेशी आयोगको अध्यक्षका पदावधि सम्पन्न हुन केही वर्षदिन बाकी छदाँ नै अध्यक्ष दत्तले मधेशीमा नैतिकता नरहेको भन्दै सामाजिक तथा सांस्कृतिकरुपमा खलल पुर्याउन ध्येय राखेर अनाबसनाब बोलेर अध्यक्ष ओलीको विश्वास पात्र बन्न खोजिरहेको आरोप एमालेका एक नेताले नाम नबताउने सर्तमा बताए ।

त्यस्तै प्रमोद कुमार साहले मधेशी आयोगले मधेश प्रदेशवासीलाई नैतिकताविहीनताको संज्ञा दिन खोज्नु आपत्तिजनक रहेको बताए । उनले मधेशी जनताले आफ्नो हक अधिकार आन्दोलनबाट प्राप्त गरेको र अझैपनि आन्दोलन र संघर्षमै रहेकाले आयोगको कामकाज दुराश्यपुर्वक रहेको बताए ।

उनले मधेशी आयोगको आवश्यकता र औचित्यता नै नरहेकाले नैतिकपतन कार्यकर्ता पोस्ने नीति अनुरुप स्थापना गरिएको संवैधानिक निकाय तत्काल खारेजी गर्नुपर्ने युवा अभियन्ता किसन मण्डलले बताए ।

मधेशी आयोगले आयोजना गरेको मधेशी समुदायको सशक्तिकरण अन्तर्गत नैतिकवान मधेश तथा सशक्त नैतिक शिक्षा कार्यक्रम २०८० मा साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले मधेशमा नैतिकता सबै भन्दा पहिला आफैबाट प्रदर्शन गर्नुपर्नेसमेत सुझाए ।

नैतिकपतन र नैतिकवानका सन्दर्भ औल्याउँद डा. विमलले भने, ‘जो आफै नैतिकपतन व्यक्ति हुन्छ उसले अरुलाई उपदेश दिनु निन्दनीय हुन्छ ।’

आयोगका अध्यक्ष डा. विजय कुमार दत्तको अध्यक्षतामा भएको यस कार्यक्रमबाट मधेशवासीलाई नैतिक शिक्षाको कमी रहेको भनेर पुनः आफुलाई राष्ट्रवादी भनाएर पदावधि थप्न खोजिरहेको सहभागीहरुले संशय व्यक्त गरे ।

जबकी मधेशी आयोग मधेशी समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा मधेशी समुदायको सशक्तीकरणका लागि नेपालको संविधानको धारा २६२ बमोजिम गठन गरिएको हो । तर आफ्नो काम कर्तव्य प्रति गम्भीर नएर मधेशीलाई नैतिकताको कमी रहेको भनेर गिज्याउन खोजेको भन्ने कतिपयले आयोगको रवैयाप्रति आक्रोशसमेत पोखे ।