खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २३

महोत्तरीबाट दुई दिनदेखि बेपत्ता रहेकी पाँच जना किशोरी आज बिहान ढल्केवारमा फेला परेका छन् ।

मंगलबारदेखि जिल्लाको औरही गाउँबाट पाँच जना किशोरी बेपता थिइन् ।

उनीहरुलाई आज विहान बाहिर जान लागेका बेला स्थानीयले घेरेर प्रहरीलाई बोलाएर जिम्मा लगाएका छन् । फेला परेकी पाँच किशोरीलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ भने उनीहरुको अभिभावक बोलाएर जिम्मा लगाइने ईप्रका ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

महोत्तरीको औरही नगरपालिका वडा नम्बर २ की १६ वर्षिया बसन्ती सदा, १६ वर्षिया प्रतिमा सदा, १८ वर्षिया संगीता सदा, १५ वर्षिया राजन सदा र २० वर्षिया रूवी सदा एक्कासी दुई दिन अघिदेखि नै सामुहिकरुपमै सम्पर्कविहीन भएकी थिइन् ।