खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २३

धनुषाको नगराईन नगरपालिका स्थित एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको विवाद मिलाउनुपर्ने निमित्त प्रमुख प्रशासकियले आफ्नो रिसवी साध्नका लागि अभिभावकमाथि कालोमोसा दल्ने योजना बनाएको आरोप लगाएका छन् । प्रमुख प्रशासकिय अधिकृत रामगुलाम कर्णले राघोपुर स्थित प्राथमिक विद्यालयको विषयलाई भएको विवादलाई समाधान गर्नुपर्नेमा उल्टै अभिभावकलाई बोलाएर कालोमोसो दल्ने योजना किन भन्दै अभिभावकलाई थर्काउदै धाकधम्कीसमेत दिएका छन् ।

नगराइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्णसँग राघोपुरमा रहेको प्राथमिक विद्यालयको विषयमा व्यवस्थापन समितिको विवादबारे छलफल गर्ने क्रममा उनीहरूमाथि निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्णले आफ्नो कार्यकक्षमा कालोमोसो दल्ने योजना बुनेको भन्दै विद्यालयका अभिभावकहरुलाई दुव्यर्वहार गर्दै अश्लिल भाषाको प्रयोग गरेका हुन् ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ स्थ्ति राघोपुरस्थित विद्यालयको व्यवस्थापन समिति सन्बन्धि विवादबारे नगराइन–२ का वडाध्यक्ष रामपरि देवी मण्डल र विद्यालय व्यवस्थापन समितिका सदस्यहरू प्रदीप कुमार चौधरी, बिनोद मण्डल, जितन राम र मलेछिया देवी सदा नगराइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामगुलाम लाल कर्णसँग छलफल गर्न जाँदा उनीहरूमाथि निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्णले आफ्नो कार्यकक्षमै हैकमवादी रुपले हप्काउँदै नगराइनमा आफूलाई कसैले केही गर्न नसक्ने भन्दै अभद्र व्यवहारसँगै अश्लिल भाषाको प्रयोग गर्दै धाकधम्की दिएका छन् ।

No description available.

यसअघि पनि उनले मनोमानी ढंगले राघोपुर विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको आरोप छ । यसबारे उनीसँग वडाध्यक्षसहित विद्यालय व्यवस्थापन समिति निरन्तर छलफल गर्न चाहिरहेका थिए । तर उनले सो कुरालाई लिएर उल्टै धम्क्याउने र अभद्र व्यवहार गर्ने गरेको आरोप अभिभावकहरुले लगाएको छ ।