खोजवाणी संवाददाता
रौतहट, कार्तिक २४

नेकपा एमालेले मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहलाई कारवाही गरी पदमुक्त गरेपछि सर्वोच्च अदालतले पुनःबहाली गरेको छ ।

सर्वोच्च अदालतको इजलास नम्बर ३ का न्यायधिश प्रकाशमान सिंह राउतले कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गर्दै नगरप्रमुखमा साहलाई पुनःबहाली गरेको हो ।

May be an image of text that says "सर्वोच्च अदालत दैनिक पेसी सूची मिति २०८० साल कार्तिक २४ गते, रोज ६ एकल इजलास इजलास नं: ३ मा. न्या. श्री प्रकाशमान सिंह राउत क्र.स /फॉाट मुद्दा पक्ष विपक्ष स्थिती (रिट दता) रीना कुमारी साह उत्प्रेषण परमादेश (01-080- 01635) (080-WO- 0392) (२०८०/०७/१६) निर्वाचन आयोग कान्तिपथ काठमाडीं समेत ५ आदेश (कारण देखाउ आदेश र म.आ. जारी हुने) गगनदेव महतो इजलास अधिकृत २०૮०/०७/२४"

एमालेले पार्टी गतिविधि विपरित कामकारवाही गरेको भन्दै पार्टीको साधारण सदस्यतासहित मोलापुर नगरपालिकाको नगरप्रमुख पदबाट समेत बर्खास्त गर्दै निर्वाचन आयोगलाई कारवाहीका लागि पत्र पठाएको थियो ।

सोही पत्रको आधारमा निर्वाचन आयोगले नगरप्रमुख साहलाई पदबाट बर्खास्त गरेको थियो ।

रिना साह आमजनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन् ।