खोजवाणी संवाददाता
काठमाण्डौ, कार्तिक २७
नेपालमा सामाजिक सञ्जाल अन्तर्गतको टिकटक बन्द हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयन गरिने मन्त्री शर्माले बताइन् । यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहलकदमी लिने उनले बताइन् ।
केपी शर्मा ओली प्रधानमन्त्री रहँदा टिकटकको औपचारिकरुपमा चलाचल्तीमा ल्याइएको थियो ।