खोजवाणी संवाददाता
बर्दिबास, कार्तिक २७

महोत्तरीको उत्तरी भेगमा एक सातादेखि जंगली हात्तीको आतंकले स्थानीयवासी त्रसित बनेका छन् ।

जिल्लाको चूरेसँग जोडिएको उत्तरी क्षेत्र अवस्थित गाउँ घरमा एक सातादेखि जंगली हात्तीको आतंकले बर्दिबास नगरपालिका वडा नम्बर ८ स्थित हातिलेट, हंङकङ डाडाँ, क्वाटर, भप्सी खोला, लोप्चन टोल तथा चूरे क्षेत्र राजवासलगायत क्षेत्रमा हात्ती आतंक बढेको हो ।

जंगली हात्तीले किसानको उखु, घरको पिलर तथा अन्य बालीनालीमा ठूलो क्षति पु¥याएको महोत्तरी गौशाला नगरपालिका वडा नम्बर १ का मनोज थापाले जानकारी दिए । उनले हात्ती आतंकका कारण रातभर जाग्राम बस्नुपर्ने आवस्था रहेको बताए ।

जंगली हात्ती जुनसुकै बेला गाउँमा पसेर वालीनाली नस्ट गर्न थालेपछि टोल–टोलमा मानिसहरू हात्ती आउने त्रासमा छन् । हात्तीले नयाँ बाटो खोजेर गाउँ पस्ने र घर भत्काएर, बाली सखाप पारेर निस्कने गरेको उनले बताए ।

किसानले लगाएको उखु खेतीसहित अन्य बालीमा ठूलो क्षति पु¥याएको स्थानीय पिताम्बर महतोले बताए ।

विगत वर्षहरूमा पनि चुरेक्षेत्रबाट हात्ती गाउँ पसेर घर भत्काउने,बालिनाली नष्ट गर्ने,मानिसलाई आक्रमण गर्ने जस्ता गतिविधि हात्तीले गर्न थालेपछि बर्दिवास नगरपालिका भित्रको पर्साइधाप, राजवास, मर्का, कालापानी, पाटु, गौरीडाँडालगायत क्षेत्रका स्थानीयवासीहरु पनि त्रसित छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विजय यादवले हात्तीले पु¥याएको क्षतिबारे यकिन तथ्यांक प्राप्त नभएको बताए । उनले हात्तीलाई नियन्त्रणका लागि लागिपरेको समेत बताए ।

जंगली हात्तीका कारण सप्तरी, रौतहट, बारालगायत मधेश प्रदेशका अधिकांश जंगली क्षेत्रको भु–भागमा हात्ती आतंकले स्थानीयवासीहरु आतंकित बनेका छन् ।