
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २८
जनकपुर–जयनगर रेलबाट किचिएर आज एक भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर स्थित बेल्ही बस्ने ६० वर्षिय विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
उनले जनाएअनुसार मंगलबार बिहाज जयनगर तर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशन नजिक लिकमा किच्दा दासको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने यस घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए ।