
खोजवाणी संवाददाता
जनकपुर, कार्तिक २८
नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवको अगुवाईमा दर्जनौँ नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष यादव, उपसचिव अरुण कुमार चौधरी, एसका भंगहा नगरपालिका कमिटीका अध्यक्ष किशोरी सिंह, नेकपा माओवादी केन्द्रको स्थानीय नेता बैजनाथ यादवलगायतका नेता तथा कार्यकर्ताहरु एक कार्यक्रम बीच पार्टी प्रवेश गरेको नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।
एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नवप्रवेशीहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।
दिपावली, छठ, नेपाल सम्वत तथा समाचकेवाको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेकी महोत्तरीकी जिल्ला इन्चार्ज जुली महतो, पोलिटब्युरो सदस्य रामदयाल मण्डललगायतका नेताहरुको सहभागिता रहेको थियो ।