खोजवाणी संवाददाता
जनकपुर, मंसिर ३
आज विधिवतरुपमा सूर्यास्तलाई अर्घ्य दिँदै छठ मनाइने छ ।

चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ ।

यसका लागि तराई–मधेशदेखि देशभरका विभिन्न ठाउँमा सृंगारिएका पोखरी, तालतलैया, नदीतटलगायतका घाटहरू यसअघि देखि नै सजाइएको छ । आज बिहानैदेखि सूर्यलाई अर्पणका लागि छठ घाटमा अर्घ्य राखिएको छ ।

त्यस्तै जनकपुरधामका विभिन्न घाटहरूमा सूर्यदेवलाई अर्पण गरिने अर्घ्य राख्ने काम चलिरहेको छ ।

जनकपुरधामको गंगा सागर, धनुष क्षेत्र, अंगराज सर, गोरधोई पोखरी, बिहारकुण्ड, अग्निकुण्ड, दशरथ तलाउ, महाराज सागर, भुतही पोखरी, दुधमतीलगायतका विभिन्न घाटहरू दुलहीझैँ साजसज्जा गरिएको छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा ब्रतालुहरुले चढाउने गर्छन् ।

अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबासमा बस्नुपर्ने हुन्छ । छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने हुन्छ ।