खोजवाणी संवाददाता
जनकपुर, मंसिर ३

मुलुकको संघीय राजधानीमा छठ पर्व मनाउन नदिएको भन्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

काठमाण्डौ स्थित रानी पोखरीमा छठ पर्व मनाउनमा रोक लगाएको भन्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष डा. राउतले आक्रोश पोखेका हुन् ।

रानी पोखरीमा काठमाण्डौँमा रहेका मधेशी समुदायहरुले छठ मनाउन नपाएमा उनले सामाजिक सञ्जालमा पोख्दै खिन्नताको बोधसमेत गरेका छन् ।

No description available.

डा. राउतले समाजिक सञ्जालमा लेखेका छन्, ‘मधेशी राजा÷रानीद्वारा ई. १६६७ मा हात्तीद्वारा कुल्चेर आफ्नो पुत्र चक्रवतेन्द्र मारिएको पुत्रशोकको कारणले बनाउन आदेश दिइएको रानी पोखरीमा आज मधेशीहरूले आफ्नो पुत्रहरूको दीर्घायुको लागि छठ व्रत बस्न नपाउँदा पक्कै पनि खिन्नताको बोध गरेका छन् ।’

उनले आफ्नो आक्रोश पोख्दै लेखेका छन्, ‘पुरातात्त्विक संरक्षण कारण हो भने त केही छैन, तर शासकीय अहंकार हो भने यसको जबाफ पक्कै पनि समय आएपछि दिनेछौं’ उनले भनेका छन्, ‘काठमाडौंमा रहेका ऐतिहासिक दरबारदेखि टुँडालसम्म मधेशीहरूले बनाएको हो । काठमाडौंको स्वर्णिम काल नै मधेशीहरूले ल्याएको थियो, कुनै आक्रान्तहरूले होइनन् ।’

यसपटक काठमाण्डौ महानगरपालिकाका नगरप्रमुख बालेन साहले रानी पोखरीमा छठ मनाउन रोक लगाएको छ । गत वर्ष पोखरीमा सौन्दर्यीकरणको काम भइरहेकाले छठ मनाउन दिइएन ।

काठमाण्डौका नगरप्रमुख साहले छठ पर्व मनाउन नदिदाँ उनलाई मधेशी विरोधीको रुपमा समाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।