खोजवाणी संवाददाता
जनकपुर, मंसिर ३

धनुषाबाट शैक्षिक भ्रमणमा निस्केका विद्यार्थी सवार बस इलाममा दुर्घटना हुँदा तीन दर्जन घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

धनुषाबाट शैक्षिक भ्रमणका लागि इलामबाट फर्किने क्रममा बस मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाको किटानीमा दुर्घटना भएको थियो । बसमा सवार रहेका ३७ जना मध्ये ३२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृत्यु हुनेमा अर्पण लामा रहेको इलाम प्रहरीले जनाएको छ ।

ना६ख ८४२४ नम्बरको बस दुर्घट्ना हुँदा एकजनाको निधन भएको पनि इलाम प्रहरीले जनाएको छ ।

धनुषाको धनुषाधामबाट इलाम भ्रमणमा आएको विद्यार्थी टोली दुर्घटनामा परेको इलामका प्रहरी नायव उपरिक्षक वासुदेव खतिवडाले जानकारी दिए ।  बसमा ३७ जना रहेको छ ।

घाइते तथा मृतकको नामावली यस प्रकार रहेका छन् ।

May be an image of textMay be an image of text

No description available.

No description available.