खोजवाणी संवाददाता
जनकपुर, मंसिर ५

राष्ट्रिय गान अपमान सम्बन्धी कसुर मुद्दामा दुर्गा प्रसाईँ विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको छ ।

केही दिन अघि गरिएको एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएर गणतन्त्र विरोधी क्रियाकलाप गरेको भन्दै दुर्गा प्रसाईँलाई विपक्षी बनाएर धनुषा प्रहरीमा जाहेरी दर्ता गराएको छ ।

हिन्दु सम्राट सेना धनुषाको आयोजनामा भएको कार्यक्रममा जनविरोधी हर्कत गर्दै पुरानो राष्ट्रिय गान बजाएकोले धनुषा प्रहरीमा एमाले निकट युवा संघले जाहेरी दर्ता गराएको हो ।

हिन्दू सम्राट सेना धनुषाले कार्तिक २८ गते आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा प्रसाईंको निर्देशनमा पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली’ बजाएको थियो ।

राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईंविरुद्ध मुद्दा दर्ता गराएको यूवा संघ नेपाल धनुषाका अध्यक्ष रोशनकुमार यादवले जानकारी दिए ।

कुनै पनि व्यक्तिलाई संविधान तथा कानून प्रतिकुल हुने गरी काम गर्न छुट नरहेको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न मागसमेत गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ भनि जाहेरी दर्ता गरिएको जाहेरीकर्ता बताएको छ ।

May be an image of textMay be an image of text