खोजवाणी संवाददाता
जनकपुर, मंसिर ५
प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह सवार रहेका गाडीलाई अभरटैक गर्दै ठोकेका छन् ।
स्वतन्त्र प्रतिनिधिसभा सदस्य डा. सिंहले आफ्नो गाडीलाई ओभरटेक गर्दै ५÷६ जना चढेको गाडीले ठक्कर दिएको बताएका हुन् ।
गृह निवास सर्लाही स्थित बलराबाट एयरपोर्टतर्फ जाँदै गर्दा धनकौल गाउँपलिकास्थित सेखौनामा गुण्डागर्दी शैलीमा गाडीमा सवार रहेका ५÷६ जनाको समूहले आफ्नो गाडीमा ठक्कर दिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सुधिर सिंह उर्फ मुन्ना भन्ने व्यक्तिले बा.१७ च. ९६३२ नम्बरको गाडीमा ५–६ जनाको समूहमा गुन्डागर्दी शैलीमा आफ्नो गाडीलाई ओभरटेक गर्दै गाली गलौज ठक्कर दिने काम गरेको जनाएका छन् ।
प्रतिनिधिसभा सदस्य डा. सिंहले गुण्डागर्दी शैलीमा ओभरटेक गर्दै ठक्कर दिने र गालीगलौज गर्नेहरुलाई यथासिघ्र कानूनी कारबाही गर्न गृह प्रशासनसँग माग गरेका छन् ।




