
खोजवाणी संवाददाता
जनकपुर, मंसिर १७
धनुषाको बटेश्वर गाउँपालिकामा एक बालिकालाई बलात्कार गरेर अभियुक्त फरार भएका छन् । फरार अभियुक्तलाई प्रहरीले तिव्ररुपमा खोजी कार्य जारी रहेको जनाइएको छ ।
जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित खेतमा धान काट्ने त्रममा १४ वर्षिया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको पीडित परिवारजनले आरोप लगाएको छ ।
पडित परिवारका अनुसार खेतमा धान काटेर साँझ अन्दाजी ६ वजे धान ओसार्ने क्रममा रामदुलार महतोको २८ वर्षिय नविन महतोले घर आउने क्रममा एक्लै भएको अवस्थामा उखुवारीमा जर्बस्ती लगेर बलत्कार गरेको हो ।
पीडित परिवारजनले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिएका छन् । उजुरी दिए लगत्तै पीडित बालिकाको स्वास्थ्य परिक्षण गराएको छ भने यता आरोपित नविन फरार भएका छन् ।