खोजवाणी संवाददाता
जनकपुर, मंसिर १८
धनुषाको नगराइन नगरपालिका स्थित एक शिक्षकको असमायिक निधन हुदाँ आज शोक विदा दिएको छ ।
आइतबार नगराइन नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय आधारभूत विद्यालय खड्कामा कार्यरत्त शिक्षक दिपक कुमार झाको असमायिक निधन भएपछि उनको शोकमा आज नगराईन नगरपालिकाले विदा दिएको हो ।
उनको शोकमा आज नगराईन नगरपालिका मातहतमा रहेका सम्पूर्ण शैक्षिक संस्था, विभिन्न सार्वजनिक निकायका कार्यालयलगायतका कार्यालयहरुसमेत बन्द रहेको छ ।
नगराईन नगरपालिकाले शिक्षक झाको निधनप्रति श्रद्धाजली अर्पण गर्दै शोकाकुल परिवारजनलाई धैर्यधारणसहित समवेदना व्यक्त गरेको र उनको निधनप्रति आज नगरपालिकाले नगरभित्र पर्ने सम्पूर्ण विद्यालय, संघसंस्था, सार्वजनिक कार्यालयलगायतकामा विदा रहेको नगराईन नगरपालिकाको कार्यालयका निमित्त कार्यालय प्रमुख गंगाराम यादवले जानकारी दिए ।