खोजवाणी संवाददाता
जनकपुर, मंसिर १८

मधेश प्रदेशकै ख्याति प्राप्त मोनास्टिक स्कुलमा मोनास्टिक प्रिस्कुल भव्य समारोहका साथ स्नातक मनाएको छ ।

यसैक्रममा मोनास्टिक प्रिस्कुल स्नातक समारोहमा प्रारम्भिक शिक्षाका लागि महत्वपूर्ण रहदैँ आएको छ ।

सो क्रममा २३४ जना छात्रछात्राले मोनास्टिक प्रिस्कूल स्नातक समारोहमा आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्वपूर्ण कोसेढुङ्गाको रुपमा लिएका छन् ।

संस्थापक श्रीमती वीणा देवी, प्रिन्सिपल÷निर्देशक डा. शिखा नायक र प्रबन्ध निर्देशक सोनु कुमारको नेतृत्वमा भएको यस कार्यक्रममा प्रत्येक विद्यार्थीले राम्रोसँग योग्य प्रमाणपत्र प्राप्त समेत गरेको छ ।

युवा स्नातकहरूले आफ्ना प्रतिभाहरू पनि प्रदर्शन गरेका थिए । भने सांस्कृतिक नृत्यदेखि आकर्षक नाटक, कलाकौशलातासहितको भाषणलगायतका विविध मनोरञ्जनात्मक क्रियाकलाप भएको थियो ।

यस समारोहमा शैक्षिक उपलब्धिहरू मात्र नभई मोनास्टिक प्रिस्कूलमा गरिएका विविध सीप र रचनात्मकतामा पनि जोड दिएको थियो ।

No description available.

No description available.

No description available.

No description available.