खोजवाणी संवाददाता
जनकपुर, माघ २७ ।

नेकपा (एमाले) महोत्तरीको छैटौँ अधिवेशनबाट बलराम यादव निर्वाचित भएको छ ।

एमालेको महोत्तरी जिल्ला छैटौँ अधिवेशनको क्रममा शुक्रबार भएको निर्वाचनमा अध्यक्षमा बलराम यादव निर्वाचित भएको हो ।

एमाले जिल्ला निर्वाचन समितिका अधिकृत उद्धवबहादुर क्षेत्रीले अध्यक्षमा यादवले २ सय ५९ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी शिवचन्द्र सिंंहले १ सय ५५ मत प्राप्त गरी निर्वाचित भएको जानकारी दिए ।

निर्वाचित यादव प्यानलमा रहेका अम्बिकाप्रसाद गौतमले २ सय ३७ मत ल्याई उपाध्यक्षमा निर्वाचित भए भने २ सय २८ मत प्राप्त गरी शम्भु ठाकुरले सचिव पदमा निर्वाचित भएका छन् ।

May be an image of 5 people, people smiling and temple

त्यसैगरी उपसचिवमा फेकन राम चमारले २ सय २३ मत प्राप्त गरे भने लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहाले २ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यस निर्वाचनमा ४ सय ३७ मतदातामध्ये ४ सय २९ सहभागी भएको निर्वाचन समितिले जनाएको छ ।

May be an image of 6 people and text