खोजवाणी
जनकपुर । चाँदनी झाको अध्यक्षतामा जनकपुरधाम उपमहानगरमा १९ सदस्यीय पालिकास्तरीय महिला अधिकार मञ्च गठन गरिएको छ ।
जनकपुरधाममा शनिबारदेखि चलेको दुई दिवसीय महिला भेलाबाट झाको अध्यक्षतामा आइतबार गठन गरिएको छ ।

नवगठिन सो मञ्चको अध्यक्षमा पत्रकारसमेत रहेकी चाँदनी झा, उपाध्यक्षमा इन्द्रा पाल, सचिवमा सरस्वती मण्डल, सहसचिवमा प्रिया कर्ण र कोषाध्यक्षमा फुलकुमारी महतो रहेकी छन् ।

त्यस्तै सदस्यहरुमा सुभद्रा आले, नैना ठाकुर, प्रदीप यादव, इन्द्रा महतो, सुनिता दास, संगिता गुप्ता, मिना देवी दास, रिंकु देवी मण्डल, बबिता कुमारी महरा, किरण झा, पुनम झा, रुबी पुर्वे, रामफुल देवी ठाकुर र निलम कुमारी ठाकुर छिन् ।

सो महिला भेलाबाट गठित मञ्चका पदाधिकारीसहितकालाई शुभकामना दिँदै महिला अधिकार रक्षक संजाल मधेश प्रदेशकी अध्यक्ष अधिवक्ता रेखा झाले लैंगिक समानताका लागि महिलाहरु आफ्नो अधिकारका लागि आफै अग्रसर हुनुपर्ने बताइन् । उनले महिला र पुरुषको बराबर रहेकाले लैंगिक समानताका लागि घरेलु हिंसा, लैंगिक हिंसाविरुद्ध महिलाहरु एकजुट भएर आवाज उठाउनुपर्ने बताइन् ।

महिलाहरु आफ्नो अधिकारका लागि संगठित भई पैरवी र आवाज उठाउनका लागि आवश्यक रहेकाले यसका लागि अघि आउनुपर्ने बताइन् ।