
खोजवाणी
जनकपुर ।
धनुषाको नगराईन नगरपालिकामा पालिकास्तरीय महिला अधिकार मञ्च गठन गरिएको छ । नगराईन नगरपालिकामा भएको महिलाहरुको भेलाबाट रेणु पँजियारको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ ।
सो मञ्चको उपाध्यक्षमा ललिता कुमारी पासवान, सचिवमा कृति कुमारी चौधरी, सहसचिवमा सुकुमारी देवी मण्डल र कोषाध्यक्षमा रुक्साना खातुन रहेकी छन् । त्यस्तै सदस्यहरुमा उर्मिला देवी महतो, त्रिपुरा देवी चौधरी, सकिना खातुन, सितिया देवी महतो, विमकल देवी महतो, प्रिति कुमारी चौधरी, प्रमिला खातुन, कौशिल्या देवी ठाकुर, फुलझरी मण्डल, विमल देवी चौधरी, संजिला खातुन, विमला मण्डल, फतमा खातुन र संजिला खातुन रहेकी छन् ।
समाज उत्थान केन्द्रको आयोजनामा दुई दिनसम्म चलेको भेलाबाट महिला अधिकार मञ्च गठन गरिएको छ ।
सो मञ्चले महिलाहरुमा जनचेतना जागृतसंगै स्थानीय तहसंग समन्वय गरी महिलामैत्री कानुन र मैत्रीपूर्ण बजेटका लागि पहल तथा पैरवी गर्ने छ ।
यस अघि जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकामा पनि गठन भइसकेको छ ।