
खोजवाणी
जनकपुर
राजर्षि जनक क्याम्पसका संचालक निरज झा गुड्डुले जनकपुरधामको शैक्षिक वातावरणप्रति यहाँको अभिभावकको धारणा नकारात्मक रहेकाले यसको सुधारसंगै गुणस्तरीय शिक्षा नै हाम्रो प्राथमिकतामा रहेको बताएका छन् ।
जनकपुधरधाममा बुधबार राजर्षि जनक क्यापम्सको नवनिर्मित भवनमा आयोजित पत्रकार सम्मेलनमा संचालक झाले यहाँको शैक्षिक सुधार, शैक्षिक वातावरण, अभिभावकहरुको सोचमा समेत सकारात्मक परिवर्तन ल्याउनका लागि आफुहरु जिम्मेवार भई गुणस्तरीय शिक्षासंगै परिणामसमेत सकारात्मक दिने बताए ।
उनले क्याम्पसको आफ्नै एक भिजन रहेकाले जस्तोसुकै परिस्थितिमा पनि गुणस्तरीय शिक्षा र शिक्षण प्रणालीमा सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
क्याम्पसले प्लस टुको नयाँ सेशनका लागि प्रवेश परीक्षासमेत लिएको छ । प्रवेश परीक्षामा सफल हुने विद्यार्थीहरु उच्च शिक्षा अन्तर्गत कक्षा ११ मा भर्ना हुन पाउने छन् ।
विज्ञान, बाणिज्य र मानविकी संकाय अन्तर्गतको कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिइएको र अर्कोदिन नतिजा प्रकाशित हुने क्याम्पसका प्रिन्सिपल धर्मेन्द्र झाले बताए । हिसान धनुषाका अध्यक्ष समेत रहेका सञ्चालक सदस्य संजीव कुमार ठाकुरले जनकपुरधामका विद्यार्थीहरु उच्च शिक्षाका लागि काठमाण्डु जानुपर्ने अवस्था बिडम्वना रहेको बताए ।
उनले अबदेखि यहाँका विद्यार्थीलाई शिक्षाका लागि अन्त्य जानुपर्ने अवस्थाको अन्त्य हुने समेत बताए । उनले यहाँको शैक्षिक वातावरणसंगै गुणस्तरीय शिक्षाका लागि हामी अग्रसर रहेको बताए ।